काठमाडौ २९ फागुन ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत केन्द्रिय सदस्यका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ ।
मतगणना बिहान १० बजेपछि पार्टी केन्द्रिय कार्यलय सानेपामा हुनेछ । आजदेखि प्रदेश तर्फको मतगणना पनि सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
नतिजा आउन समय लाग्ने देखिएपछि आजदेखि दुई ठाउँबाट गणाना गर्ने तयारी भएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बताउनु भयो ।
हालसम्मको गणना अनुसार खुला तर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाको अग्रता कायमै छ । अहिलेसम्म उहाँले ३८४ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै नेता खुमबहादुर खड्काले ३८१, प्रकाशमान सिंहले ३७७, प्रदीप पौडेलले ३७५, विमलेन्द्र निधिले ३६९, पूर्णबहादुर खड्काले ३६० र प्रदीप गिरीले ३५१ मत पाउनु भएको छ ।
प्रदेश बाहेक सबै आरक्षण तर्फको गणना पनि हिजोबाटै सुरु भइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline