विराटलाई पेट्रोल बेच्न दिएको अनुमति सच्याउन आग्रह

विराटलाई पेट्रोल बेच्न दिएको अनुमति सच्याउन आग्रह

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २८ फागुन ।

नेपाल आयल निगमले विराट पेट्रोलियमलाई बढी मूल्य लिएर पेट्रोल बिक्री वितरण गर्न अनुमति दिएको भन्दै एकीकृत नेकपा(माओवादी) निकटको योङ कम्युनिस्ट लिग नेपाल र अखिल (क्रान्तिकारी)ले विरोध जनाएका छन् ।

संस्थागत रुपमा कुनै निर्णय नगरी उपभोक्तालाई बढी मूल्यमा पेट्रोल बेच्ने अनुमति दिनु गैरकानुनी र भ्रष्टाचार भएको भन्दै उनीहरुले उक्त निर्णय तत्काल नसच्याए आफूहरुले प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

वाइसिएल र क्रान्तिकारीले बजारमा भारतको अघोषित नाकाबन्दीको निहुँमा सिर्जना गरिएको कृत्रिम अभावका कारण उपभोक्ता मारमा परिरहेका बेला दिनदहाडै देश र जनताविरुद्ध भएको त्यसखालको निर्णय नसच्याए आफूहरु चुप लागेर नबस्ने वाइसिएल र क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वाइसिएलका अध्यक्ष रामचन्द्र शर्मा र क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले आज जारी गर्नुभएको विज्ञप्तिमा कालोबजारी नियन्त्रण गर्न, अनियमितता र कालोबजारीमा संलग्न व्यक्ति, उक्त निर्णयमा सहभागीलाई कारबाही गर्न, ग्यास, पेट्रोल र डिजल तथा मट्टीतेललगायतका पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न ध्यानाकर्षण गराइएको छ ।

निगमले केही दिन पहिले विराट पेट्रोलियमलाई पेट्रोल बेच्ने अनुमति दिएको थियो । निगमले बजारमा उपलब्ध गराउँदै आएको पेट्रोलभन्दा विराटको पेट्रोल महँगो रहेको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी