सभापति देउवालाई चिनीयाँ राजदूतको बधाई

सभापति देउवालाई चिनीयाँ राजदूतको बधाई

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौंँ, २८ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले बधाई तथा शुभकामना दिनु भएको छ ।

सभापति देउवालाई आज बधाई दिन उहाँकै निजी निवास बुढानिलकण्ठ पुग्नुभएका राजदूत चुन्ताईले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारको तर्फबाट सभापति देउवाको कार्यकालको सफलताको कामना गर्नु भयो ।
उहाँले सभापति देउवाको कार्यकालमा चीनसँगको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास पनि व्यक्त गर्नुभएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनु भयो ।
सो अवसरमा सभापति देउवाले चीन नेपालको असलमित्र भएकाले चीनसँगको मित्रतालाई आफूले सधँै महत्व दिएको स्पष्ट पार्दै आगामी दिनमा अझ राम्रो सम्बन्ध बनाउनका लागि आफूले जोड दिने बताउनुभयो । उहाँले नेपालको विकासमा चीनले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ