मोर्चाले आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउदै

मोर्चाले आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउदै

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, २८ फागुन । 

आफूहरुको माग पूरा गर्न सरकार उदासिन देखिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदैछ ।

बिहान ९ बजे मोचाका शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको मोर्चा आवद्ध दल सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

मधेस आन्दोलनको सुनुवाई नभएको भन्दै मोर्चाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको हो ।

यसअघि हिजो बसेको मोर्चाको बैठकले सरकारलाई बुझाएको ११ बुँदे माग सम्बोधन, आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा, घाइतेको उपचार, पक्राउ परेकाको रिहाई, कालोबजारी अन्त्यको माग सहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ