बारको चुनाव जीत्ने बृहत प्रगतिशील समुहको दावी

बारको चुनाव जीत्ने बृहत प्रगतिशील समुहको दावी

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

फागुण २८ काठमाण्डौं । आगामी चैत २० गते हुने नेपाल बार एसोसिएसनको चुनावमा आफूहरुको जीत निश्चित रहेको वृहत प्रगतिशील गठबन्धनले दावी गरेको छ । यो समुहको अध्यक्षमा विजयकान्त मैनाली अध्यक्ष पदका उम्मेद्धार हुनु हुन्छ ।

यस गठबन्धनका निर्वाचन परिचालन समितिका सयोजक रमण श्रेष्ठले देशैभरीको हिशाबमा करीब ५ सय मतले स्पष्ट रुपले अघि रहेकाले आफूहरुको गठबन्धनको जीत निश्चित रहेको दावी गर्नु भएको छ ।

यस गठबन्धनमा एमाले, एमाओवादी सहित अन्य माओवादी पार्टीहरु, राप्रपा, विजय गच्छेदारको फोरम लोकतान्त्रिक , दुई वटै राप्रपा निकट कानुन व्यवशायीहरुको संगठन सामेल रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ