टोड्के महोत्सवलाई रु एक लाख सहयोग

टोड्के महोत्सवलाई रु एक लाख सहयोग

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

म्याग्दी, २७ फागुन ।

म्याग्दीको धार्मिक एवम पर्यटकीयस्थल टोड्केमा सञ्चालन भएको दोस्रो टोड्के महोत्सवलाई सफल बनाउन प्रवासी म्याग्देलिको संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले रु एक लाख सहयोग गरेको छ ।

पmागुन २५ गतेदेखि सुरु भएको दोस्रो टोड्के महोत्सवमा मोनाका महासचिब घनश्याम शाहीले महोत्सव मुल आयोजक समितिलाई रु एक लाख सहयोग हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण गर्दै महासचिब शाहीले आफ्नो पेशा, व्यवसाय र रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा पुगेका म्याग्देलिले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण, शिक्षा, स्वास्थ्य, सहयोगलगायतमा सहकार्य गर्दै आएको बताउनुभयो ।

रु एक लाख सहयोग गरेको मोनालाई आयोजकले सम्मान गरेको टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा कहुँु राम्जाली परिवारले रु एक लाख ५० हजार सहयोग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी