अस्थिर राजनीतिले देश अघि बढ्दैनः महामन्त्री कोइराला

अस्थिर राजनीतिले देश अघि बढ्दैनः महामन्त्री कोइराला

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २७ फागुन ।

नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले अस्थिर राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताउनुभएको छ ।

महाराजगञ्जस्थित निवासमा आज बिहान नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को बधाई तथा शुभकामना ग्रहण गर्दै उहाँले अस्थिरताको राजनीति रहिरहे राष्ट्रनै सङ्कटमा पर्ने खतरा औँल्याउनुभयो ।

“अस्थिरताको राजनीति हामी कसैले गर्नु हुँदैन । गाउँ नगरको विकासका लागि स्थिरता चाहिन्छ । जबसम्म राजनीतिक र सामाजिक स्थिरता आउन सक्दैन तबसम्म मुलुकको विकास हुँदैन, त्यसैले मुलुकको सम्बृद्धिमा युवापुस्तालाई समाहित गरिनुपर्छ,”–महामन्त्री कोइरालाले भन्नुभयो ।

उहाँले राजनीतिक र सामाजिक परिवर्तनका लागि कटिबद्ध नेविसङ्घले शैक्षिक मुद्दालाई अघि बढाएर युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री कोइरालाले पार्टीकोे जुझारु सङ्गठन नेविसङ्घको महाधिवेशन लामो समयसम्म नहुनु दुर्भाग्य हो भन्दै काँग्रेस केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डाको रुपमा महाधिवेशन प्रक्रियालाई प्राथमिकता दिइने प्रष्ट पार्नुभयो ।

नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुननसक्दा नेतृत्व विकास र शैक्षिक आन्दोलन कमजोर बनेको बताउँदै स्ववियु निर्वाचन र नेविसङ्घको निर्वाचनको पहलकदमी गरिदिन महामन्त्री समक्ष आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ