काठमाण्डौ,२७ फागुन ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले ६ महिना भित्र सबै भ्रातृ संगठनहरुको अधिवेशन गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
बुढानिलकण्ठस्थित आज आफ्नै निवासमा नेपाल विद्यार्थी संघको टोलीसंग कुरा गर्दै देउवाले १३ औं महाधिवेशनको सबै परिणाम सार्बजनिक भएलगत्तै पार्टीको बैठक बसेर भ्रातृ संगठनको अधिवेशनबारे छलफल गर्ने बताउनु भयो।
लामो समयसम्म भ्रातृ संगठनहरुको अधिवेशन नहुनु दुःखद भएको भन्दै उहाले यसबारे पार्टीका नेताहरुसँग छलफल गरी मिति निर्धारण गर्ने बताउनुभएको नेबिसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline