झापा, २७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकाससँगै मुलुकमा भ्रष्टाचार निर्मूल र स्वच्छताको बाटोमा सरकार अघि बढ्ने बताउनु भएको छ ।
विकासका लागि अहिलेको सरकार समर्पित भएको जिकिर गर्दै केही वर्ष भित्र जनताले प्रत्यक्ष परिवर्तनको आभास गर्ने गरी विकासलाई तिव्रता दिने उहाको दाबी थियो ।
झापा बिर्तामोड–१ मा निर्मित रक्तसञ्चार सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब तीव्र रुपमा विकास निर्माणका कामलाई अघि बढाउने बताउनुभयो ।
धन कमाउनु, भ्रष्टाचार तथा कमिसन कुनै पनि आफ्नो रुचिको विषय नभएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका प्रधानमन्त्रीभन्दा मुलुकका लागि उत्कृष्ट काम गरेर देखाउने दाबी गर्नु भयो ।
उहाले लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र विकास अहिलेको सरकारको प्रमुख उद्देश्य रहेको जानकारी दिनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline