सौर्य ऊर्जाबाट मिर्गौलाको डाइलोसिस सेवा रत्ननगर अस्पताल

सौर्य ऊर्जाबाट मिर्गौलाको डाइलोसिस सेवा रत्ननगर अस्पताल

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

चितवनको रत्ननगर अस्पतालमा सौर्य ऊर्जाबाट सञ्चालित मिर्गौलाको डाइलोसिस सेवा प्रभावकारी भएको छ ।

छोटो समयमै सेवा लिने बिरामीको सङ्ख्या ३५८ पुगेको रत्ननगर अस्पतालले जनाएको छ । गत मङ्सिर १५ बाट यहाँ नेपालमै पहिलोपटक सोलारबाट डाइलोसिस सेवा सुरु भएको थियो । आज ११औँ विश्व मिर्गौैला दिवस देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको सन्दर्भमा डाइलोसिस सेवाबारे जानकारी दिँदै अस्पतालले बिरामीलाई डाइलोसिसका लागि अन्यत्र नजान सुझाव दिएको छ । यो तीन महिनाको अवधिमा ३५८ जनाले सेवा लिए, बिरामीको सेवा गर्दैै आएका स्वास्थ सहायक चन्द्रकान्त आचार्यले भन्नुभयो, “सर्लाही, रौतहटदेखि गोरखासम्मका बिरामी डाइलोसिसका लागि आउँछन् ।”

गत मङ्सिर १५ गते सेवा सुरु भएपछि १६ गतेदेखि चितवन माधवपुरका धनबहादुर सार्कीले डाइलोसिस सुरु गर्नुभएको हो । आज पनि उहाँ डाइलोसिस गर्न आउँदा रत्ननगर अस्पतालमा भेटिनुभयो । सार्की भन्नुहुन्छ, “काठमाडाँै जान आउन मात्रै आठ हजार खर्च लाग्थ्यो, अनि नियमित डाइलोसिस गर्दा त्यहाँ बस्नुपर्ने थियो । अहिले घर छेउमै सेवा पाउँदा खुसी लागेको छ ।”

दुबै मिर्गौला फेल भएको चार महिना भएको छ उहाँको । सुरुमा भक्तपुर, कान्ति हुँदै उहाँले चितवन मेडिकल कलेजमा समेत डाइलोसिस गराउनुभयो । खर्च धेरै भएकाले अहिले भने उहाँ रत्ननगर अस्पतालमा निःशुल्क सेवा लिँदै आउनुभएको छ । अब फेर्नका लागि पैसा छैन, डाइलोसिस त निःशुल्क भयो उपचार गर्नै पैसा कसरी जोड्ने, उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँसँगै गोरखाबाट आउनुभएका अर्मत केसी पनि श्ययामा बसेर डाइलोसिस गर्दै हुनुहुन्थ्यो । पाँच महिनादेखि रोग लागेकाले अहिले नियमित डाइलोसिस गरिरहेको केसी बताउनुहुन्छ । काठमाडौँ ग्रान्डीमा तीन–चार लाख सकियो अनि यता आएर डाइलोसिस सुरु गरेको उहाँको भनाइ छ । सस्तो र राम्रो भएकाले रत्ननगरमा आएर सेवा लिइरहेको केसी बताउनुहुन्छ ।

रत्ननगर अस्पतालमा अहिले ३५८ जनामध्ये १३ जना विपन्नको निःशुल्क डाइलोसिस हुँदै आएको छ । सर्लाहीका मञ्जुर हक मियाँ, रौतहटका हीरालाल महत्तो, गोरखाका अमृत केसी, मकवानपुरका दीपक आले र गुरुङ आले मगर, नवलपरासीका अविनाश सेन पनि रत्ननगरमै आएर डाइलोसिस गरिरहेको अस्पतालका हेल्थ असिस्टेन्ट चन्द्रकान्त आचार्य बताउनुहुन्छ ।
अस्पतालमा शान्तिमेड नेपालको सहयोगमा मिर्गौला उपचार केन्द्र स्थापना गरी आवश्यक उपकरण जडान गरेर सोलारबाट डाइलोसिस सेवा सुरु भएको हो । यहाँको एक मात्रै सुविधायुक्त अस्पताल रत्ननगर अस्पताल हो । सेवा सुरु भएपछि उपचारका लागि विभिन्न जिल्लाबाट बिरामीसमेत आउन थालेका छन् । करिब एक करोड लागतमा सोलारबाट सेवा सुरु गरिएको थियो । ३५ लाख वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त भएको थियो । डाइलोसिसका लागि आवश्यक ६ वटा मेसिन अस्पतालमा जडान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी