बाँकेमा २५ प्रतिशत हात्तीपाइले सङ्क्रमित

बाँकेमा २५ प्रतिशत हात्तीपाइले सङ्क्रमित

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नेपालगन्ज, २७ फागुन ।

बाँके जिल्लामा यो वर्ष पाँच लाखभन्दा बढी नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ ।

यही फागुन २९, ३० र चैत १ गते जिल्लाका पाँच लाख २१ हजार जनसङ्ख्यालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सो रोगविरुद्धको औषधि दुई वर्षदेखि ७० वर्ष उमेरका सबैले खान सक्ने तर, दीर्घरोगी, गर्भवती, सातदिने सुत्केरीेले खान नहुने जनस्वास्थ्य अधिकृत अङ्गतबहादुर शाहीले जानकारी गराउनुभयो ।

जिल्लामा औषधि खुवाउन ३३९ स्वास्थ्यकर्मी र दुई हजार २८० स्वास्थ्य स्वयम्सेविका परिचालन हुने जनाइएको छ ।

करिब २५ प्रतिशत जिल्लावासी हात्तीपाइले रोगको सङ्क्रमणमा रहेको यस जिल्लामा छैठौँ चरणको औषधि खुवाउन लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ