झापा, २७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिर्तामोडमा निर्मित रक्तसञ्चार सेवा भवनको उद्घाटन गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा बिर्तामोडको संयुक्त पहलमा रु ५५ लाखको लागतमा निर्माण गरिएको भवन बिर्तामोड–१ स्थित देवी पञ्चकन्या प्लटिङमा रहेको उक्त भवन २०६९ साल असार ३ गते निर्माण प्रारम्भ गरिएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।
तीनतले उक्त भवनमा रेडक्रस, बिर्तामोडको कार्यालय तथा जिल्लाको सम्पर्क कार्यालयसमेत रहेको छ ।
भवन निर्माणका लागि देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले १२ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।
यसैबीच, भवन निर्माणमा सघाउ पु¥याउने दातालाई सम्मान पनि गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline