काठसहितका ट्रक नियन्त्रणमा, एक पक्राउ

काठसहितका ट्रक नियन्त्रणमा, एक पक्राउ

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

मेलम्ची, २७ फागुन ।

भूकम्पबाट भत्किएका घरका पुराना काठ दुईवटा ट्रकमा लोड गरी लैजान लागेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बिनाइजाजत बा ३ ख ९३४५ र मिनीट्रक ७८६७ नंका दुईवटा ट्रकमा काठ राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा काठसहित मेलम्ची नपा –१३ फलामेबाट मानबहादुर तामाङलाई मंगलबार राति पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीको नेतृत्वमा गएको टोलीले काठ बोकेका ट्रकसहित तामाङलाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका वन कार्यालय, नवलपुरलाई जिम्मा लगाइएको डाँगीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ