काठमाडौँ, २७ फागुन ।
उद्योग राज्यमन्त्री मेघराज नेपाली निषादले नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन÷कानुनलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एघारौँ विश्व मिर्गौला दिवसको अवसरमा किड्नी फाउन्डेसनले आज राजधानीमा निकालेको ¥यालीलाई सम्बोधन गर्दै राज्यमन्त्री नेपालीले मृगौला प्रत्यारोपण सम्बन्धी अहिले रहेको कानुका कारण बिरामिले समस्या झेल्नु परेको बताउनु भयो ।
यस्तै, किड्नी फाउन्डेसनका प्रमुख सल्लाहकार नीलकण्ठ उपे्रतीले मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो ।
फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले नेपालमा करिब ३० लाख मानिसलाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको बताउनुभयो ।
दरबारमार्गबाट सुरु भएको ¥याली कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर टुङ्गिएको थियो ।
¥यालीमा चलचित्र क्षेत्रका कलाकार, विद्यार्थी र सर्वसाधारणको समेत सहभागिता रहेको थियो । सहभागीले ‘मिर्गौला बचाऔँ’ र ‘मिर्गौला बचाउन खानपानमा ध्यान दिऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।