एमाले मोरङले‘तराई विशेष अभियान’ सञ्चालन गर्ने

एमाले मोरङले‘तराई विशेष अभियान’ सञ्चालन गर्ने

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

मोरङ, २७ फागुन  ।
नेकपा (एमाले) मोरङले आजदेखि जिल्लाको दक्षिणी भेगकेन्द्रित ‘तराई विशेष अभियान’ सञ्चालन गर्ने भएको छ ।

प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीका अनुसार अभियान आज देखि सुरु भई वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि एमालेले गरेको तीन महिने जागरण अभियानको समीक्षा गर्दै हुलाकीमार्ग दक्षिणतर्फ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको उहाले बताउनु भयो ।

अध्यक्ष महेश रेग्मीको अध्यक्षतामा पार्टी कार्यालय पाञ्चालीमा गएराति भएको बैठकले यस अभियानका लागि सचिव ऋषिकेश पोखरेलको संयोजकत्वमा ३१ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा सत्यनारायण चौधरी, रामलाल साह, ज्ञानेश्वर राजवंशी, मीना यादव, रुपनारायण मिश्र, जीतनारायण सरदार, हसन इमाम वक्स, नारायण खतिवडालगायत रहनुभएको छ । कार्यदलले त्यस क्षेत्रमा सङ्गठन सुदृढीकरणको काम गर्ने जनाइएको छ ।

त्यसैगरी, बैठकले भर्खरै सम्पन्न तीन महिने मधेस जागरण अभियान प्रभावकारी भएकाले जिल्लाभर त्यसको निरन्तरता दिने निर्णय पनि गरेको छ । प्रचार विभाग प्रमुख चौधरीका अनुसार अभियान फागुन २७ देखि सुरु भई वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ ।

तीन महिने अभियान केन्द्रको निर्देशनमा विशेषगरी संविधानप्रतिको भ्रम निवारण र सङ्गठन सुदृढीकरणसँग सम्बन्धित थियो भने अब जिल्ला कमिटीको सक्रियतामा सञ्चालन हुने कार्यक्रम आर्थिक, सामाजिक र विकास निर्माणसँग सम्बन्धित हुने बताइएको छ ।

तीन महिने अभियानकै प्रशिक्षक, उत्प्रेरक एवम् अभियन्ताहरूकै सहयोगमा जनअपेक्षा, आवश्यकता र सम्भाव्यताको अध्ययन गरी जनताका प्रत्यक्ष सरोकारका विषयको अध्ययन गर्ने बैठकले निर्णय गरेको छ । अध्ययनबाट सङ्कलित सुझावलाई आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ