हिमालयन एयरको पहिलो जहाज काठमाण्डौंमा

हिमालयन एयरको पहिलो जहाज काठमाण्डौंमा

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

फागुण २७ काठमाण्डौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले  आफ्नो पहिलो विमानका रुपमा एयरबस नेपाल ल्याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण भएको बिमानले नागरिक उड्यन प्राधिकरणबाट प्रक्रिया पुरा गरी आगामी चैत्र ३० गतेदेखि उडान थाल्ने हिमालय कम्पनीले जनाएको छ ।

तिब्बत एयरलाइन्ससंग सहकार्य गरी सो बिमानले अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरका ब्राण्ड अफिसर सलिना नकर्मीले रेडियो कान्तिपुरलाई बताउनुभयो ।

सो विमानले पहिलो दिन भारतको नयाँ दिल्ली र चीनमा उडान भर्नेछ भने त्यसपछिका दिनमा कतार, दुबई लगायतका मुलुकमा समेत हवाई सेवा दिने कम्पनीले उल्लेख गरेको छ ।

चीनको लिजिङ कम्पनीबाट १२ बर्षका लागि सो एयरबस भाडामा लिइएको एयरलाइन्सले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी