काग्रेस केन्द्रीय सदस्यको मतगणना फेरी शुरु हुदै

काग्रेस केन्द्रीय सदस्यको मतगणना फेरी शुरु हुदै

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

फागुण २७ काठमाण्डौं । नेपाली काग्रेस केन्द्रीय सदस्यहरुको चयनका लागि चलिरहेको मतगणना आज पनि जारी रहने छ । आज बिहान १० बजे पछि मतगणना फेरी शुरु हुने छ ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणनामा नेता खुमबहादुर खड्काले अग्रता लिनु भएको छ ।

काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा १५० मत गणना गर्दा खड्काले ९४ मत ल्याउनुभएको छ भने दोस्रोमा प्रकाशमान सिंहले ९० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य जगनाथ श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार तेस्रोमा डा शेखर कोइरालाले ८९, विमलेन्द्र निधिले ८८, प्रदीप गिरीले ८७, प्रदीप पौडेलले ८७, महेश आचार्यले ८७, बालकृष्ण खाँणले ८६, कुलबहादुर गुरुङले ८५, पूर्णबहादुर खड्काले ८४, रमेश लेखकले ७९, शङ्कर भण्डारीले ७८, सुजाता कोइरालाले ७८ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, केन्द्रीय सदस्यमा डा प्रकाशशरण महत ७७, डा मीनेन्द्र रिजाल ७७, गोपालमान श्रेष्ठ ७६, डा नारायण खड्का ७५, डा रामशरण महत ७४, विश्वप्रकाश शर्मा ७४, बलबहादुर केसी ७३, ज्ञानेन्द्रबहादुर कार्की ७३, एनपी साउद ७३, चन्द्र भण्डारी ७१, धनराज गुरुङ ७०, उदयशमशेर राणाले ६८ मत प्राप्त गर्नु भएको छ ।

निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । निर्वाचन समितिका सदस्य श्रेष्ठका अनुसार खुलातर्फको मतगणना बिहीबार बिहानबाट सुरु हुनेछ ।
महाधिवेशनबाट पार्टीका सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ