घुससहित प्रहरी निरीक्षक थापा पक्राउ

घुससहित प्रहरी निरीक्षक थापा पक्राउ

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सप्तरी, २६ फागुन । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक प्रेमबहादुर थापा र प्रहरी जवान अशोककुमार यादवलाई रु ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,पूर्वाञ्चल क्षेत्रीय कर्यालय इटहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले सप्तरीका मोहम्द सवीर अलीसँग मोटरसाइकल दुर्घटनामा परेका मुद्दा मिलाइदिने भन्दै रु ४० हजार घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरिएको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लराज बस्नेतले जानकारी दिनु भयो ।

बस्तेतका अनुसार अलीसँग मोटरसाइकल दुर्घटनाको मुद्दा मिलाउनका लागि थापा र यादवले पहिलोचोटी रु ४० हजार लिने र मुद्दा मिलिसकेपछि फेरि रु एक लाख दिने सहमति समेत भएको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि पूर्वाञ्चल क्षेत्रीय कार्याालय इटहरीमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ