भारतीय राजदूतद्वारा सभापति देउवालाई बधाई

भारतीय राजदूतद्वारा सभापति देउवालाई बधाई

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २६ फागुन । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

आज देउवा निवास बुढानिलकण्ठ पुगेर राजदूत रायले नेपालमा सदैव लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै आएको पार्टी काँग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनु भयो ।

करिब आधा घण्टा भएको सो भेटमा राजदूत रायले भारत सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिँदै भारतले सदैव नेपालमा शान्ति, स्थिरता र समृद्धि भएको हेर्न चाहेको विचार व्यक्त गर्नु भयो ।

भेटमा सभापति देउवाले नेपाल र भारतबीच सदीयौँदेखि ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै आगामी दिनमा दुबै मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ