गोल्डेन आइडलमा ७१ छनौट

गोल्डेन आइडलमा ७१ छनौट

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

पोखरा । गोल्डेन स्टार मल्टिमिडिया प्राल्ीको आयोजना रहेको गायन र नृत्यको रियालटी शो गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ का लागी ७१ प्रतियोगी छानौट भएका छन् । शनिबार पोखराको सभागृहमा आयोजित सुपर मेघा अडिसनबाट यि प्रतियोगी छानिएका हुन् ।
आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रालीका प्रबन्ध निर्देशक सरन गुरुङले सुपर मेगा राउन्डमा ४३ जिल्लाका उत्कृष्ट १० बिच स्पर्धा भएको जानकारी दिए ।

यो स्पर्धाबाट छानिन सफल प्रतियोगीले आगामी चैत्र २७ गते आयोजना हुने अन्तिम स्पर्धामा सहभागीता जनाउने छन् ।

गायन र अभिनय प्रति रुची भएका अवसरको खोजिमा रहेको युवा युवतीको क्षमता उचार गरी देशलाई गायन र अभिनयमा उत्कृष्ट ब्यक्ती दिने प्रतियोगीताको मुख्य उदेश्य रहेको छ । २०७० मा पोखराको पन्थी गल्ली(सर्वेश्वर मार्गमा)रहेको गोल्डेन स्टार मल्टिमिडिया प्रालीले सुरु गरेको यो प्रतियोगीता हरेक हप्ता नेपाल टेलीभिजनबाट प्लसबाट ‘गोल्डेन आइडल’ नामबाट प्रसारीत हुदै आएको छ ।

देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीताको निर्देशक रेनुका गुरुङ ,कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्याबस्थापन सुशिल पोखरेल रहेका छन् । ‘गोल्डेन आइडल’ कार्यक्रम नेपाल टेलिभिजन प्लसको उत्कृष्ट कार्यक्रम मध्यको एक पनि हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी