झापा, २६ फागुन ।
प्रधानमन्त्रि केपि शर्मा ओलीले आफु नेतृत्वको सरकारलाई नै सहमतीय सरकारको रुप दिन सकिने बताउनुभएको छ ।
जिविस भद्रपुर झापाको आर्थिक बर्ष २०७२\७३ को बजेट सार्वजनिकिकरण कार्यक्रममा बौल्दे उहाँले संविधान जारी गर्नु अघि भएको प्रमुख दलहरुविचको सहमती अनुसार नै सरकारलाई नयाँ रुप दिन सकिने बताउनुभएको हो ।
नेपाली कंग्रेस सहित अन्य दलहरुको सहभागिता गराई बर्तमान सरकारलाई नयाँ स्वरुपमा लैजाने उहाँको भनाई थियो । यस्तै उहाँले मधेसवादी दलहरुका जायज मागहरु पुरा हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा जम्मा १ अर्व ७ करोड ६१ लाख ३७ हजार ४ सय रुपैया बराबरको बजेट बिनियोजन गरिएको छ । जस अनुसार जिविस अनुदान तर्फ ५ करोड ३१ लाख ६१ हजार
त्यसैगरि जिविस केन्द्रबाट प्राप्त ९२ करोड, २९ लाख ७६ हजार ४ सय त्यस्तै समाजिक शुरक्षा तर्फबाट ५१ करोड ९७ लाख ७८ हजार ४ सय, चालु तर्फ ८ करोड करोड ३८ लाख ५० हजार र पुजिगत तर्फ ३७ करोड २५ लाख ९ हजार बिनियोजन गरिएको जिविसले जनाएको छ ।सो अवसरमा कानुनमन्त्रि अग्नि खरेल, स्थानिय बिकाश राज्य मन्त्रि कुन्ति शाही लगयातको सहभागिता रहेको जनाईएको छ ।