सडक डिभीजन बुटवलले बेवास्ता गर्दा करोडौंको सम्पत्ति अन्योलमा

सडक डिभीजन बुटवलले बेवास्ता गर्दा करोडौंको सम्पत्ति अन्योलमा

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

फाल्गुण २५ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग, डिभिजन सडक कार्यलय रुपन्देही बुटवलको नवलपरासी जिल्लास्थित बर्दघाट नगरपालिकामा रहेको साईट अफिसको मातहतमा रहेको करोडौंको सम्पत्ति नासिने अवस्थामा पुगेको छ ।
   डिभिजन सडक कार्यालय, बुटवलको मातहतमा रहेको साईट कार्यालय नवलपरासी जिल्लामा बर्दघाट र गैडाँकोटमा छन । यि कार्यालयहरुमा करोडौं मुल्य पर्ने बहुमुल्य सामग्रीहरु दिनानुदिन चोरी निकासी हुँदै गर्दा समेत त्यहाँ न त एउटा सुरक्षा गार्ड नै छन् न त डिभीजन कार्यालयको आँखा नै पुगेको छ ।
  झण्डै १० बर्ष अगाडीदेखि लिलामी गरिएका सामग्रीहरु तथा सरकारसँग माग गरी सडक डिभीजनको लागी आवश्यक पर्ने सवारी साधनहरु एवंम महंगा विद्युतीय सामग्रीहरु अहिले कवाडाँसमेत नजानेजस्तै भएका छन् । भ्यान, गाडी, ट्रक, मोटर ईन्जिन, लोडर, दोजर, भ्याक्कु, ट्याक्टर, मोटरसाईकल लगायतका विभिन्न बहुमुल्य सामग्रीहरु अहिले जिर्ण बनेका छन् ।
मुल्य निर्धारण गर्ने हो भने करिब ८० लाख रुपैयाँको साईट कार्यालय बर्दघाटमा मात्रै सामान रहेको सडक डिभीजन कार्यालय बुटवल बताउँछ । त्यस्तै बर्दघाटसहित गैडाकोट र बुटवलमा रहेका सामग्रीहरु गर्दा झण्डै २ करोडभन्दा माथिका छन् ।
तत्कालिन व्रिटिस सेनाले पूर्वपश्चिम सडक निर्माणको क्रममा बस्नको लागी क्याम्प निर्माणको गरेको ठाउँमा अहिले पनि केही जिर्ण क्याम्पहरु छन् । भुकम्पनिरोधक जस्तै रहेका क्याम्पहरु बर्षाै पुरानो भएको कारण बस्न नहुने अवस्थामा पुगेका छन् । करिब १५ कोठाहरु रहेको क्याम्पमा अहिले काठहरु देखी टिन, त्यहाँका बहुमुल्य सामानहरु चोरी भैरहेदाँ समेत सम्बन्धित पक्ष मौन छ । क्याम्पमै सुरक्षाको लागी भनेर बसेका ई. यामनारायण योगी आफ्नो अनुकुल समय हुँदा आफु त्यहाँ बस्ने बताए ।
  यता यहि विषयमा जिज्ञासा राख्दा साउनमा सरुवा भई आएका उपसचिव तहका सडक डिभीजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनिले आफू आएपछि मात्रै ३ पटक सुचना प्रकाशन गरेको बताए । उनले प्रक्रियगत रुपमा जाँदा कोही पनि स्वीकार गर्न नआएपछि अव अर्काे सुचना प्रकाशन गरेर आफूहरुले लिलामीको लागी सरकारलाई आव्हान गर्ने उनको तर्क थियो ।
 मरासिनीले भने, ‘हामीले त्यहाँ रहेका सामानहरुको मुल्य निर्धारण गर्छाै जसको मुल्य ठेकेदारहरुलाई चित्त बुझ्दैन र लैजादैनन् ।, अब हामी मुल्य घटाएर सुचना निकाल्छौं, त्यसो गर्दा पनि गएनन भने प्रक्रियामा अगाडी बढ्छौं ।’ उनका अनुसार ई. खुम भण्डारी, ई. यमनारायण योगी, ई. देवेन्द्र शर्मालाई सुरक्षा तथा मुल्याङकनको लागी साईट अफिस खटाईएको भनेपनि त्यहाँ भने योगीबाहेक अन्य दुई जना सम्पर्कमा आउँदैनन् ।
 ‘यी सामग्रीहरु अघिल्ला प्रमुखले पनि ठेगान लगाउँन खोजेकै हुन्, तर कोहीले कमिसनमा कुरा मिलेन, कोहीका आफ्नै आँखा परे’ भन्छन् नाम नखोल्ने सर्तमा बर्दघाटकै एक कर्मचारी ।
यसभन्दा अगाडी डिभिजन कार्यालयमा रहेका कृष्ण प्रसाद पन्थी लगायतले ठेकेदारहरु आउँदासमेत आफूहरुले कमिसनमा कुरा नमिलेपछि बेच्न मानेनन् । दिपककुमार भट्राई, अखिलेश्वर प्रसाद बर्मा लगायतले पनि यसलाई बेच्न ठुलै प्रयत्न गरेको स्रोतले बताउँछ ।
सडक डिभीजन कार्यालय मातहतमा यति मुल्य बराबरको सामग्रीहरु विक्रि वितरण गर्नुपरेकोले आवश्यक व्यक्ति वा संस्थाले टेण्डर दाखिला गर्न भन्दै निकालिएको सुचनामा झण्डै एक दर्जनभन्दा धेरै संस्थाहरु आएपनि उनीहरुबीच १० देखी ४० प्रतिशत कमिसन आफूहरुलाई दिनुपर्ने अडान हाकिमहरुले राखेपछि बदर भएको एक ठेकेदारले बताए ।
सार्वजनिक सम्पत्तिहरु यसरी नासिईरहँदा यसबाट अधिकतम उठाउँन सकिने लाभको बेवास्ता गर्दै सडक डिभिजन कार्यालयले ठेकेदार सँग गर्ने मोलमोलाईले देशमा कर्मचारीतन्त्र भित्र हुने भ्रष्टचार स्पष्ट देखिन्छ । करोडौंको सम्पत्तिमाथी आँखा गाड्ने सरकारी कर्मचारीदेखी स्थानीय ठेकेदारहरु सबैले एकातिर सरकारको राजस्व आउने त्यही ठुलो सम्पत्ति दुरुपयोग भैरहेको छ भने अर्काेतिर दिनानुदिन ति सामग्रीहरु एकपछि अर्काे हुँदै चोरी भैरहेको छ ।
यस्ता बहुमुल्य सामग्रीहरुलाई छिट्टै सुचना प्रकाशन गरेर नबेच्ने हो भने अबको केही समयमा नै सबै नासिने खतरा छ । सरकारको करोडौं राजस्वलाई यसरी वेवास्ता गर्दा सम्बन्धित निकायहरुको आँखा पुग्न जरुरी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ