अछाम, २५ फागुन ।
अछामको तुर्माखाद–६ गोजेमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार स्थानीय १८ वर्षीय प्रेम ओड रहेका छन् । दुर्घटनामा जिपका चालक ३० वर्षीय रामबहादुर विक ,३२ वर्षीय टेकबहादुर ओड र २९ वर्षीय झंकार बुढा घाईते भएका छन् ।
अछामको तुर्माखाद–६, गोजेमा आज भे १ज ६०९ नम्बरको जिप सडकबाट २५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते तीनैजनाको प्राथमिक स्वास्थ्य चौकी तुर्माखादमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline