स्वतन्त्र पत्रकार महिला सम्मान राणालाई

स्वतन्त्र पत्रकार महिला सम्मान राणालाई

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

पोखरा, २६ फागुन ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा प्रदान गरिँदै आइएको स्वतन्त्र पत्रकार महिला सम्मान यस वर्ष सञ्चारकर्मी शान्ति राणालाई प्रदान गरिएको छ ।

सञ्चार क्षेत्रमा क्रियाशील भई समाजलाई सुसूचित गर्ने महिला सञ्चारकर्मीलाई प्रत्येक वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी प्रदान गर्ने प्रचलनअनुरुप मंगलबार आयोजित एक कार्यक्रममा राणालाई यस वर्षको सम्मान प्रदान गरिएको हो ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाका अनुसार सङ्घद्वारा सञ्चालित तथा अग्रणी समाजसेवी सूर्यनाथ उपाध्यायद्वारा उहाँकी स्व पत्नी तिलकुमारी बरालको स्मृतिमा स्थापित सम्मानको राशि नगद रु पाँच हजार एक र सम्मानपत्र रहेको छ ।

राणालाई नेकपा (एमाले) की नेत्री एवम् सांसद सीता गिरी ओलीले नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मानित राणा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराकी कार्यक्रम संयोजक हुनुहुन्छ ।

उक्त सम्मानबाट यसअघि सञ्चारकर्मी दुर्गा अधिकारी, शिला गुरुङ र रविना आलेमगर सम्मानित भइसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ