एमाले नुवाकोटमा खतिवडा निर्वाचित

एमाले नुवाकोटमा खतिवडा निर्वाचित

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

नुवाकोट, २६ फागुन ।
नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा नारायणप्रसाद खतिवडा विजयी हुनुभएको छ ।

आज बिहान आएको मतदानको अन्तिम परिणाम अनुसार खतिवडाले ३४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी विन्दा ढुङ्गानाले २४१ मत प्राप्त गर्नुुभएको छ ।

सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षदेखि विभिन्न पदमा ७१ जनाका लागि भएको निर्वाचनमा नारायणप्रसाद खतिवडाको खेमाले बहुमत कायम गरेको छ ।
खतिवडाका ४४, ढुङ्गानाका २१ र दुबै खेमामा आफ्नो नाम राखेका छजना निर्वा्चित भएका छन् ।

सबैभन्दा बढी मत महिला सदस्यका उम्मेदवार शान्ता थापाले ३५७ र सबैभन्दा कम लेखा कमिटीका सचिवका उम्मेदवार आशीषकुमार मिजारले ३२ पाउनुभएको छ ।

उपाध्यक्षमा बद्री मैनाली, सचिवमा बुद्धि प्रधान र उपसचिवमा विष्णुप्रसाद लोहनी विजयी हुनुभएको छ । यसैगरी निर्वाचन कमिटीको अध्यक्षमा यमप्रसाद खतिवडा र लेखा कमिटीको अध्यक्षमा पद्म उप्रेती चुनिनुुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ