नयाँ कार्य समितिको अध्यक्षमा सेढाईँ

नयाँ कार्य समितिको अध्यक्षमा सेढाईँ

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ, २६ फागुन ।

नेपाल अपाङ्ग मानवअधिकार केन्द्र (डिएचआरसी) को १५औँ साधरणसभाले तारावदन सेढाईँँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

केन्द्रको उपाध्यक्षमा प्रकाश पन्थ, महासचिव जगदीप्रसाद अधिकारी, सचिव जानकी श्रेष्ठ, कोषाध्यक्ष अम्बिका खड्का हुनुहुन्छ ।

त्यसैगरी सदस्यमा सुशीला ढकाल र दामोदर रेग्मी निर्वाचित हुनुभएको छ । नेपाल राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले मङ्गलबार उद्घाटन गर्नुभएको साधरणसभामा अब बन्ने संरचना अपाङ्गमैत्री बनाउनपर्नेमा सहभागीले जोड दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष सेढाईँले अपाङ्गता भएकालाई समाजमा हिँडडुल गर्न कठिन रहेको बताउँदै उनीहरुको संवेदनशीलता र अधिकारको संरक्षणका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ