काठमाण्डौं ,२६ फागुन ।
काग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत केन्द्रिय सदस्यको मतगणना शुरु भएको छ । पदाधिकारी निर्वा्चित भईसकेपछि निर्वाचन समितिले केन्द्रिय सदस्यको मतगणना सुरु गरेको हो ।
सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बिहान १० बजेबाट खुल्लातर्फ केन्द्रिय सदस्यको मतगणना शुरु गरिने बताइएपनि प्रतिनिधि विवादका कारण ढिला गरी केहिवेरअघि शुरु भएको हो । मतगणनामा सबै उम्मेद्धवारका प्रतिनिधी राख्ने नराख्नेमा विवाद भएको थियो ।
केन्द्रिय सदस्यका प्रत्यासीले आफना प्रतिनिधि राख्न पाउनुपर्ने माग गरेका थिए । निर्वाचन समितिले धेरै उम्मेद्धवार भएकाले सबैका प्रतिनिधी राख्न संभव नहुने भन्दै केहि प्रतिनिधि राखेर गणना शुरु गरेको हो । खुल्लातर्फ २५ जनाको कोटामा ९० जनाले उम्मेद्धवारी दिएका छन् ।
खुल्लातर्फको गणना सकिएपछि आरक्षित तर्फको मतगणना शुुरु गरिने निर्वाचन समितिका सदस्य गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो । तीन दिनभित्र मतगणना कार्य सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । ६४ सदस्यिय केन्द्रिय समितिका लागि ३ सय २ जनाले उम्मेद्धवारी दिएका छन ।
यस्तै कांग्रेस महामन्त्रीमा देउवा प्यानलका अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित गर्दै संस्थापन प्यानलका शशांक कोइराला निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा पनि संस्थापन प्यानलकै सीतादेवि यादव निर्वाचित हुनुभएको छ । चित्रलेखा यादवलाई ८ मतले पछि सितादेबी निर्वाचित हुनुभएको हो ।