सुदूरपश्चिममा चार दिन विद्युत् अवरुद्ध

सुदूरपश्चिममा चार दिन विद्युत् अवरुद्ध

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,२६ फागुन ।

सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लाको विद्युत् सेवा हिजोदेखी अवरुद्ध भएको छ ।

विद्युत् आपूर्ति हुने भारतको टनकपुरस्थित विद्युत् उत्पादन गृहमा मर्मत गर्नुपर्ने भन्दै टनकपुरबाट हिजो दिउसोदेखीे विद्युत् आपूर्ति बन्द गरिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आगामी शुक्रबारसम्म हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी आएको विद्युत् प्राधिकरण लालपुर सव स्टेसनका इलेक्ट्रिसियन कमलप्रसाद बडूले बताउनुभयो । टनकपुरबाट विद्युत् आपूर्ति हुने सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लामा दिउँसो विद्युत् आपूर्ति रोकिएको छ ।

टनकपुर विद्युत् गृहले माग गरेअनुसार नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले मर्मतका लागि चार दिनसम्म विद्युत् सेवा बन्द गर्ने स्वीकृति दिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ