काग्रेस खुला केन्द्रीय सदस्यको मतगणना आज हुने

काग्रेस खुला केन्द्रीय सदस्यको मतगणना आज हुने

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ,२६ फागुन ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तगर्त खुलातर्फका २५ केन्द्रीय सदस्यको निर्वाचनको मतगणना आज हुदैछ । पाटी केन्द्रिय कार्यालय सानेपामा बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितीले जनाएको छ । निर्वाचन समितिका अनुसार खुलातर्फ २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ ।

खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यस्तै कांग्रेस महामन्त्रीमा देउवा प्यानलका अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित गर्दै संस्थापन प्यानलका शशांक कोइराला निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा पनि संस्थापन प्यानलकै सीतादेवि यादव निर्वाचित हुनुभएको छ । चित्रलेखा यादवलाई ८ मतले पछि सितादेबी निर्वाचित हुनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ