शसाक कोईराला महामन्त्रीमा विजयी, कोषाध्यक्षमा सितादेवी

शसाक कोईराला महामन्त्रीमा विजयी, कोषाध्यक्षमा सितादेवी

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट डा. शशांक कोइराला महामन्त्री पदमा निर्वाचित भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार भएको मतगणनामा डा. कोइरालाले प्रतिस्पर्धी अर्जुननरसिंह केसी र गगन थापालाई पराजित गरेका हुन् ।
महामन्त्री पदमा शशांकले १४१७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी अर्जुननरसिंह केसीले १०१७ र गगन थापाले ५८४ मत प्राप्त गरेका छन् । बीपी पुत्रसमेत रहेका कोइराला रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

केसी शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा चुनाव लडेका थिए भने थापाले कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेदवारी दिएका थिए । केसी र थापा ससुरा–ज्वाइँ हुन् ।   कोषाध्यक्ष पदमा कडा प्रतिस्पर्धाबीच सीतादेवी यादव निर्वाचित भएकी छन् ।
कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत् मंगलबार भएको कोषाध्यक्षको मतगणनामा उनले प्रतिस्पर्धी चित्रलेखा यादव, अर्का प्रत्यासी उमाकान्त चौधरी र कृष्ण कार्कीलाई पराजित गरेकी हुन् ।
विजयी सीतादेवीले रामचन्द्र पौडेलको प्यानलबाटकोषाध्यक्षको उम्मेदवार बनेकी थिइन् भने चित्रलेखा यादव शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ