महामन्त्रीमा संस्थापन पक्षलाई अग्रता

महामन्त्रीमा संस्थापन पक्षलाई अग्रता

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२५ फागुन ।

नेपाली कांग्रेसका महामन्त्री र कोषाध्यक्षको निर्वाचनको मतगणना जारी छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनामा संस्थापन पक्षका उमेद्वारले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार, महामन्त्रीमा शशांक कोईरालाले ४ सय ७४ , अर्जुननरसिंह केसीले ३ सय ५६ र गगन थापाले २ सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

कोईराला पौडेल, गगन सिटौला र केसी देउवा पक्षबाट महामन्त्रीका उमेद्वार हुनुहुन्छ । यस्तै कोषाध्यक्षमा पौडेल प्यानलकी सीतादेवी यादवले १ सय २४ र देउवा प्यानलकी चित्रलेखा यादवले १ सय ७ मत प्राप्त गर्नुभएको छ ।

सिटौला प्यानलबाट कोषाध्यक्षका उमेद्वार उमाकान्त चौधरीले ४५ मत ल्याउनु भएको छ भने स्वतन्त्र उमेद्वार कृष्ण कार्कीले ५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

दुवै पदको नतिजा आज बेलुकासम्म टुंगो लाग्ने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । केन्द्रिय सदस्यको मतगणना भने भोलीबाट मात्र हुने घिमिरेले बताउनुभयो । आगामी तीन दिनभित्र सबै नतिजा प्रकाशित भइसक्ने निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ