महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु

महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, फागुन २५ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्ष चयनका लागि भएको चुनावको मतगणना जारी छ । मतगणना कांग्रेस केन्द्रिय कार्यालय सानेपामा २ घण्टाढिलागरी सुरु भएको हो ।

मतपरिणाम बेलुकीसम्ममा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिष्पर्धामा हुनुहुन्छ ।

केसी र चित्रलेखा यादव शेरबहादुर देउवाको प्यानलबाट, थापा र चौधरी कृष्णप्रसाद सिटौला तथा कोइराला र सितादेवी यादव रामचन्द्र पौडेलको प्यानलबाट प्रतिष्पर्धामा उत्रिनु भएको हो । कार्कीले भने एकल उम्मेदवारी दिनुभएको हो ।

कांग्रेसको सभापतिमा देउवा निर्वा्चित भइसक्नु भएको छ ।कोषाध्यक्ष र महामन्त्रीको मतगणना सकेर केन्द्रिय सदस्यको मतगणना गर्ने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ