महिलाको योग्यता र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्छ : प्रम

महिलाको योग्यता र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्छ : प्रम

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय र समानतापूर्ण समाज भएमा मात्र समृद्ध नेपाल बन्ने बताउनु भएको छ ।

एक सय छैटौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा आज यहाँ आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले अवसर पाएमा महिला पनि अगाडि बढ्न सक्छन् भन्दै महिलाको योग्यता र क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
“नेपालमा राष्ट्रपति पदमा महिला पुग्नु लामो सङ्घर्षको उपलब्धि हो”, उहाँले भन्नुभयो– “संविधानसभामा गरेको सङ्घर्षका कारण नै विश्वमा कमै मात्र हुने उपलब्धि नेपालले हासिल गरेको छ ।” महिला आरक्षणका कुरा केही ठाउँ र तहसम्मका लागि मात्र भएको बताउँदै प्रधानमन्त्रीले महिलाका लागि अनिवार्य शिक्षा, आर्थिक सशक्तीकरणजस्ता योजनामा बढी लगानी गर्नुपर्ने औँल्याउनु भयो ।
उपप्रधानमन्त्री सिपी मैनालीले घरेलु श्रमलाई औपचारिक मान्यता दिई सामाजिक श्रमका रुपमा स्थापना गर्न सके महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिने बताउनु भयो ।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गरे पनि लैङ्गिक समानता अपेक्षाकृत रुपमा हुन नसकेको स्वीकार गर्नुभयो ।
मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिताका लागि आरक्षणको व्यवस्था गरिएको बताउनु भयो ।
राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष मनु हुमागाईंले नेपाली महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्रीको योगदानको स्मरण गर्दै महिलाका अधिकार स्थापित गर्न र न्याय दिलाउन आयोगले गरेका कामकारबाहीबारे जानकारी दिनु भयो ।
महिला अधिकारकर्मी चाँदनी जोशीले महिलाको चौतर्फी विकासका लागि राज्यले लगानी गर्नुपर्ने र राष्ट्रिय योजना बनाएर कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो । ‘लैङ्गिक समानताका लागि पाइला हाराहारी: सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने नाराका साथ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको पनि उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ