भूकम्पमा वेपत्ता भएका दोलखाका ५८ जना अझै भटिएनन्

भूकम्पमा वेपत्ता भएका दोलखाका ५८ जना अझै भटिएनन्

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

दोलखा, २५ फागुन । भूकम्पपछि यहाँ ५० जना बढी बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०७२÷०७३ को साउनदेखि यतासम्म गरेर आठ महिनामा जिल्लाका दुई नगरपालिका र २९ गाविसबाट ५८ जना बेपत्ता भएको उल्लेख छ । कार्यालयको तथ्याङ्कअनुसार ८० जना हराएको निवेदन परेकामा ३० जना सम्पर्कमा आएका छन् भने बाँकी अझै बेपत्ता भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो ।

निरीक्षक सुनुवारले बेपत्ता हुनेको कारणसहित अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीका अनुसार हराएकामा सबैभन्दा बढी बालबालिका, किशोर र ज्येष्ठ नागरिक छन् ।
तथ्याङ्कनुसारबेपत्ता हुनेमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट १३ र कममा सुष्पाक्षमावती गाविसबाट आठ तथा जिरी नगरपालिकाबाट सात छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ