काठमाण्डौ,२५ फागुन ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सभापतिका प्रत्यासीद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत सबैको भूमिका तथा योगदानलाई आफूले सम्मान गर्ने बताउनु भएको छ ।
बुढानिलकण्ठस्थित आफ्नो निवासमा आज शुभेच्छुक तथा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उहाले पार्टीलाई एक ढिक्का बनाउने बताउनु भयो ।
कसैलाई काखा पाखा नगर्ने भन्दै देउवाले ६० र ४० को भागबन्डा सधैंका लागि अन्त्य गर्ने दाबी गर्नुभयो । उहाले योग्यता र क्षमताअनुसार पार्टीमा सबैलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाउनु भएको छ ।
नवनिर्वाचित सभापति देउवाले लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा हुनु स्वाभाविक भन्दै आफूले यो जितलाई जितको रुपमा मात्र नभई जिम्मेवारीको रुपमा लिएको पनि बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline