काठमाडौँ, २५ फागुन ।
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महिला दिवशका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा समावेशी प्रतिनिधत्व संरक्षण गर्ने, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनैपर्ने, स्थानीय निकायमा महिलाको अनिवार्य प्रतिनिधित्व लगायत थुप्रै महिलामैत्री व्यवस्था उपलब्धिका रुपमा संस्थागत भएको बताउँदै संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि दबाव दिने वर्षका रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सबैमा आग्रह गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline