राष्ट्रपतिद्धारा कानुन, नीति र संरचनामार्फत महिला विकासमा जोड

राष्ट्रपतिद्धारा कानुन, नीति र संरचनामार्फत महिला विकासमा जोड

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,२५ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवाधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

एक सय छैटौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरी महिलाको विद्यमान अवस्थालाई उठाउनका लागि समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा, संरक्षणजस्ता आयामलाई एकीकृत रूपमा अगाडि बढाउन जरुरी रहेको बताउनुभएको छ ।

नेपालमा महिला÷पुरुष विकास एवम् महिला अधिकार सुनिश्चित गर्न विगतदेखि नै विविध संस्थागतलगायत नीतिगत तथा कानुनी सुधारका प्रयास हुँदै आए तापनि नेपाली महिलाको समग्र स्थिति सन्तोषप्रद रूपमा माथि उठ्न नसकेको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नुभएको छ,“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले धेरै हदसम्म महिलाको हकहित र सरोकारलाई समेट्ने प्रयास गरेको गरेको छ, यो सुखद् उपलब्धिलाई सदुपयोग गर्दै संवैधानिक प्रावधान अनुकूल कानुन, नीति र संरचना तयार गरी कार्यान्वयन गरेर मात्र महिला विकासको अवधारणालाई सुनिश्चित गर्न सकिन्छ ।”

संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी वर्षका रूपमा मनाई हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ