काग्रेस महामन्त्री र कोषाध्यक्ष सहितको मतगणना आज हुदै

काग्रेस महामन्त्री र कोषाध्यक्ष सहितको मतगणना आज हुदै

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,२५ फागुन ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएसँगै कांग्रेस केन्द्रीय निर्वाचन समितिले महामन्त्री र कोषाध्यक्षको मतगणना आज गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नै मतगणना गर्ने तयारी गरेको निर्वा्चिन समितिले मंगलबार बिहान १० बजे महामन्त्री र कोषाध्यक्षका प्रत्याशीलाई बोलाएको छ ।
प्रत्याशीहरुसँगको छलफलपछि मतगणना सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा र कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धामा छन् । पार्टीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि ३ सय १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ