सभापतिको लागि मतगणना शुरु, नतिजा आजै सार्वजनिक गरिने

सभापतिको लागि मतगणना शुरु, नतिजा आजै सार्वजनिक गरिने

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,२४ फागुन । नेपाली काग्रेसको सभापतिका लागी भएको दोस्रो चरणको मतदानको मतगणना शुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।

मतगणना शुरु भएको अढाई घण्टाभित्र परिणाम आउने केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । दोश्रो चरणको मतदान साँझ पौने ७ बजे सकिएको हो ।

आजको मतदानमा कुल ३ हजार १ सय २० मत खसेको समितिले जनाएको छ । हिजो भएको पहिलो चरणको मतदानमा खसेको भन्दा यो २८ मत कम हो । कुल ३ हजार १ सय ६१ मतदाता रहेकोमा आज ४१ मतदाता अनुपस्थित रहे ।

सभापतिको मतपरिणाम आजै सार्वजनिक गरिएपनि महामन्त्री, कोषाध्यक्ष लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना भने भोली मात्रै गर्ने तयारी निर्वाचन समितिको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ