काठमाण्डौ ,२४ फागुन ।
नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ३ हजार १२० मत खसेको छ । दोस्रो निर्वाचनमा पहिलो चरणको निर्वाचनभन्दा २८ मत कम खसेको छ ।
राजधानीको राष्ट्रिय सभागृहका विभिन्न ५ ठाउमा मतगणना गरिदै छ । मतगणना शुरु भएको अढाई घण्टाभित्र परिणाम आउने निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।
निर्वाचन समितिका अनुसार पहिलो चरणमा धेरै मत ल्याउका दुई उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । पहिलो चरणमै आवश्यक पचास प्रतिशत र एक मत आवश्यक पर्नेमा देउवाको ११ मत कम आएको थियो ।
सुरुमा मत गणना आजै गर्ने कि भोलि भन्नेमा विवाद देखिएको थियो । तर, निर्वाचन समितिले आजै मत गणना गर्ने निर्णय गरेको छ ।
सभापतिको मतगणना सकिएपछि मात्र महामन्त्री, कोषाध्यक्ष र सदस्यरुको मत गणना सुरु हुनेछ । सबै मत पेटिका पार्टी कार्यालय सानेपामा लगिएको र गणना पनि कार्यलयमा नै हुने बताईएको छ ।
सभापतिको मतगणना सकिएपछि अरुको प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ ।