तेलको आयात ९० प्रतिशत  , दुई हप्ताभित्र सहज हुने

तेलको आयात ९० प्रतिशत  , दुई हप्ताभित्र सहज हुने

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २४  फागुन ।
पेट्रोलियम पदार्थको आयात बढ्दै गएको नेपाल आयाल निगमले जनाएको छ । केही दिन यता झण्डै ९० प्रतिशत पेट्रोलियम पदार्थ आयात भएको निगमको वितरण विभागका निर्देशक दीपक बरालले बताउनुभयो ।

उहाँका अनुसार यही परिमाणमा तेल आयात भए एक दुई हप्तामा नै वितरण सहज हुन्छ । तर आयातको परिमाण घटे वितरण फेरि प्रभावित हुनेछ । अहिले पेट्रोल र डिजेल लिन ईन्डियन आयल कर्पोरेशन आइओसी पुगेका सबै ट्याङरमा लोड हुने गरेको उहाँले बताउनुभयो ।

आइओसीले यसअघि विभिन्न बाहनामा ७० प्रतिशत मात्रै तेल लोड गरिदिने गरेको थियो । अहिले बजारमा दैनिक २० लाख लिटर तेलको माग भएकाले तत्काल सहज हुने अवस्था नरहेको निगमको भनाई छ ।

लोडसेडिङ तथा भूकम्पका कारण भत्किएका घर तथा भवनको पुनर्निर्माणसँगै उद्योगधन्दा पनि विस्तारै सञ्चालनमा आउन थालेकाले माग अत्याधिक छ ।

पेट्रोलियम पदार्थको अभावसँगै बढेको कालोबजारी रोक्न थालेको प्रयास प्रभावकारी भएको निगमको दाबी छ । निगमले हिजोदेखि बिहान सातबजे देखिनै उपभोक्तालाई तेल भर्ने व्यवस्था मिलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी