महिलाको सक्रियतामा शवदाह गृह निर्माण

महिलाको सक्रियतामा शवदाह गृह निर्माण

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

दाङ, २४ फागुन । दाङका महिलाले शवदाह गृह निर्माण गरेका छन् । महिलाले नगद तथा श्रमदान गरेर दाङको पातु खोलाको विष्णुमती घाटमा शवदाह तथा मलामी विश्राम गृह निर्माण गरेका हुन् ।

दाङको तुलसीपुर–१० दमारगाउँमा रहेको पुष्पाञ्जलि महिला समूहले रु १५ लाखको लागतमा शवदाह गृह तथा मलामी विश्राम गृह निर्माण गरेका हुन् । विभिन्न सङ्घसंस्था कार्यालयसँग आर्थिक रकम जुटाएर शवदाह गृह निर्माण गरेको समूहका सचिव रेशमी केसीले बताउनुभयो ।

उहाँका अनुसार महिलाले श्रमदान काम तथा सङ्घसंस्थाको सहयोगवाट सो शवदाह गृह निर्माण गरेको बताउनुभयो । “महिलाले पनि समाजिक काममा एक भएर लागे सक्छन् भनेर यस्तो गरेका हौँ”, उहाँले भन्नुभयो ।

मानिसको मुत्यु भएपछि त्यतिकै अव्यवस्थित रुपमा घाट नहुँदा लास जलाउने र त्यसले वातावरण तथा खोला फोहर हुने भएकाले पनि शवदाह गृह निर्माण गरेको केसीले बताउनुभयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ