पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोकमा २१ सेवा केन्द्र स्थापना

पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोकमा २१ सेवा केन्द्र स्थापना

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बनेपा, २४ फागुन ।

भूकम्पका कारण क्षति भएका संरचना पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोकमा २१ वटा सेवा केन्द्र स्थापना भएको छ ।

पुनःनिर्माणका लागि तीनदेखि छवटा गाविस पर्ने गरी स्रोत केन्द्र तोकिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि नाम पठाउन अनुरोध गरेपछि सो सेवा केन्द्र तोकिएको उल्लेख गर्दै काम कहिलेबाट सुरु गर्ने भन्ने विषयमा विस्तृत जानकारी नआएको बताउनुभयो ।

यसले भौतिक संरचनाको निर्माणमा सहजीकरण गर्न काम गर्छ प्रजिअ पन्थीले भन्नुभयो ।

सेवा केन्द्र जिल्लाको विकट क्षेत्र डाँडापारिको गोकुलेदेखि कोसीपारिको चौबासबाहेक मङ्गलटार, पोखरीनारायणस्थान, बूढाखानी, महादेवटार, कार्तिकेदेउराली, पाँचखाल, धुलिखेल, बनेपालगायतका क्षेत्रमा रहने छ । यसअघि १७ वटा स्थानमा मात्रै सेवा केन्द्र राख्ने निर्णय परिवर्तन गरेर २१ पु¥याइएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धुलिखेलमा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने भएको छ र त्यसले काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक र सिन्धुली जिल्लामासमेत पुनःनिर्माणका लागि काम गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ