टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भक्तपुर, २४ फागुन ।

अरनिको राजमार्गखण्ड छ लेन सडकअन्तर्गत भक्तपुरको मध्यपुरथिमि–१५ गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति काठमाडौँबाट भक्तपुरतर्फ जार्दै गरेको बा५८प ७९४८ नंको मोटरसाइकललाई बा३ख ७८३५ नंको टिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर घर भई सर्लाही नवलपुरस्थित नेपाली सेनाको रिपुमर्दन गण दरबन्दी भई हेटौँडा सुपारीटार मध्यपृतनामा कार्यरत ३७ वर्षीय प्युठ राजेन्द्र राईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

टिपर चालक खाना खान गएका बेला सिन्धुपाल्चोक लामोसाँघु घर भई पेप्सीकोलामा होटल गरी बस्ने २२ वर्षीय होटल सञ्चालक केशव भण्डारीले तीव्र गतिमा भक्तपुरतर्फ नै टिपर लैजाँदा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका छन् ।

फरार भण्डारीको खोजी भइरहेको र टिपर भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ