चालकको सिटमाथि लुकाई राखेको गाँजा बरामद, चालक पक्राउ

चालकको सिटमाथि लुकाई राखेको गाँजा बरामद, चालक पक्राउ

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

रत्ननगर (चितवन), २४ फागुन ।

जिल्ला प्रहरी कार्यालय चितवनले चालक बस्ने सिटमाथि हुटमा लुकाइछिपाई राखिएको अवस्थामा साँढे ५२ किलो गाँजा बरामद गरेको छ ।

ट्रकमा गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त परिमाणको गाँजा फेला पारिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा गाडी चालक मकवानपुर नामटारका विकेश लामा रहेका छन् । गाडीमा सिलप्याक गरेर राखिएको सातवटा पोकामा गाँजा फेला परेको हो ।
ना२ख ७१९९ नंको ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरी सहायक निरीक्षक सिकेन्द्र साहको टोलीले गाँजा बरामद गरेको हो ।
लागुऔषध ओसारपसारअन्तर्गत अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सो क्षेत्र भएर विगतदेखि नै गाँजा ओसारपसार हुने गरेको छ । अघिल्लो वर्ष सोही क्षेत्रअन्तर्गत पर्ने पहाडी इलाकामा प्रहरीले करिब १० बिगाहा क्षेत्रमा लगाइएको गाँजाखेती नष्ट गरेको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । बर्सेनि विकट लोथर र कोराक गाविसमा गएर प्रहरीले गाँजा नष्ट गर्ने गरेको भए पनि पूर्ण नियन्त्रणमा भने आउन सकेको छैन ।
सो क्षेत्रमा हतियारसहितका तस्कर हिँड्ने गरेका छन् । एक वर्षअघि यहाँ प्रहरीसँगको भिडन्तमा एक तस्करको ज्यानसमेत गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ