भक्तपुर, २४ फागुन ।
महाशिवरात्रिको पावन अवसरमा केदारनाथको शिर डोलेश्वर मन्दिरमा सादु सन्त र बाबाहरुको आगमान बिगत भन्दा अधिक रहेको छ । डोलेश्वर महाशिवरात्रि पर्व २०७२ तयारी मूल समितिले पत्रकार सम्मेलन गर्दै पर्वका लागि आवश्यक सम्पूर्ण तयारी गरिसेको जानकारी गराएको हो ।
आगन्तुक साधृ सन्त र बाबाहरुलाई बर्गिकरण गरेर दान दक्षिणा प्रदान गरिने समेत समितले गरेको पत्रकार सम्मेलनमा समितिका प्रचार प्रसार प्रमुख मोहन बल्लले जानकारी दिनु भयो ।
हरेक बर्ष शिवरात्रीको समयमा साधु सन्त र बाबाहरुको चाप बढ्दै गएपछि आगन्तुक बाबाहरुलाई तीन आधार मा बर्गिकरण गरी क वर्गका लाइ एक हजार एक सय ११ ख लाई ७ सय र ग लाइ ५ सय ५ रुपैया दक्षिण तथा एक थान कम्वल र धोती दिइ विदाइ गर्ने छ ।
आज शनिबार भारतिय जनता दलका उपाध्यक्ष भगद सिंहले डोलेश्वर मन्दिरमा पुजा अर्चना गर्नु भएको भएको थियो ।
उहाँले मन्दिरको पूनर्निर्माणमा कुनै फरक पन नल्याई निर्माण पक्षलाई तिव्रता दिनु पर्ने बताउनु भयो । उहाँले मन्दिर निमार्णमा आफ्नो तर्फबाट नेपाली ५१ हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।