कांग्रेस सभापतिमा पौडेल र देउवाबीच पुन निर्वाचन हुदै , अन्य पदको मतगणना आज

कांग्रेस सभापतिमा पौडेल र देउवाबीच पुन निर्वाचन हुदै , अन्य पदको मतगणना आज

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ २४ फागुन ।
नेपाली कांग्रेसको सभापति पदका लागि आज दोस्रो चरणको निर्वाचन हुदैछ । राजधानीको सभागृहमा हिजो सम्पन्न निर्वाचनमा सभापतिका तीनै प्रत्यसीले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

पहिलो चरणको मतदानको मतगणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई बहुमतको लागि ११ मत अपुग भएको छ । देउवाले कुल १५ सय ६४ मत प्राप्त गर्नुभएको थियो । यस्तै रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याउनु भएको छ ।

यसैगरी सभापतिका अर्का प्रत्यसी कृष्ण सिटौलाले ३ सय २४ मत प्राप्त गर्नुभएको छ । आज हुने दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेलबिच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुनैपनि उमेदवारले बहुमत ल्याउन नसकेमा धेरै मत ल्याउने दुईजनाबिच पुनः निर्वाचन गर्र्नुुपर्ने व्यवस्था छ । जसअनुसार अब सिटौला प्रतिष्पर्धाबाट बाहिरिनु भएसँगै अब उहाँ र उहाँको प्यानलको मत अब निर्णायक देखिएको छ ।

यसैबीच महामन्त्रीसहितका अन्य पदहरुका लागि भएको निर्वाचनको मतगणना भने पार्टी केन्द्रिय कार्यलय सानेपा आजबाट सुरु कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ