आज महाशिवरात्रि पर्व , पशुपति सहित देशभरका शिवालयमा भत्तजनको घुईचो

आज महाशिवरात्रि पर्व , पशुपति सहित देशभरका शिवालयमा भत्तजनको घुईचो

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,२४ फागुन ।

महाशिवरात्रि पर्व आज हिन्दु धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ ।

देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका विभिन्न शिवालयमा ठूलो मेला लाग्ने गर्दछ ।

पशुपतिलगायत शिव मन्दिरहरूमा बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिका दिनमा आज पशुपतिनाथका चारवटै ढोका खोलिएको छ ।

यस दिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशस् दूध, दही, घिउ र महले स्नान गराउने परम्परा छ ।

दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीसमेतलाई गुठी संस्थानले शनिबार रातिदेखि बुधबार बिहानसम्म निस्शुल्क भोजनको व्यवस्था गरेको छ । उनीहरूलाई बुधबार बिहानको भोजनसँगै दान, दक्षिणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले निस्शुल्क मुढासमेत उपलब्ध गराउँछ ।

शिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिरअगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन छ ।

यसै दिन ललितपुरस्थित तस् बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ र्पुयाइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ