भुकम्प प्रभावितहरुलाई आवास निर्माणका लागि एक साताभित्र अनुदान दिईने ।

भुकम्प प्रभावितहरुलाई आवास निर्माणका लागि एक साताभित्र अनुदान दिईने ।

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ, २३ फागुन ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई निजी आवास निर्माणका लागि एक साताभित्र अनुदान दिने प्रक्रिया सुरु गर्ने बताएको छ ।

प्राधिकरणले आज आफ्नै सभाकक्षमा पत्रकार सम्मेलन गरी एक साताभित्र दोलखा जिल्लाको सिंगटी क्षेत्रबाट अनुदान वितरण सुरु गर्ने बताएको हो । २० गतेदेखि वितरण गर्ने भनिएको अनुदान कांग्रेस महाअधिबेसनका कोर एक साता पछि धकेलिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले अनुदानको पहिलो किस्ता बैंकमार्फत उपलब्ध गराइने र स्थानीयवासीले आफूलाई अनुकुल हुने समयमा निकालेर घर निर्माणमा खर्च गर्न पाउने बताउनुभयो ।

भुकम्प प्रभावितहरुले अनुदान सहयोग अन्र्तगत दोस्रो किस्तामा ८० हजार र तेस्रो किस्तामा ७० हजार रुपैयाँ पाउने छन् । सरकारले भुकम्प प्रभावितहरुलाई २ लाख रुपैयाँ अनुदान दिने सम्बन्धी कार्याविधि ४ दिन पहिले स्वीकृत गरेको थियो ।

ज्ञवालीले पहिलो चरणमा दोलखाबाट अनुदान वितरण सुरु गरेपनि आगामी वैशाख महिनासम्म काठमाडौ उपत्यका वाहिरका ११ वटै भुकम्प प्रभावित जिल्लाहरुमा अनुदान सम्झौता गर्ने लक्ष्य लिइएको जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ