कांग्रेसको महाधिवेसनमा मतदान जारी

कांग्रेसको महाधिवेसनमा मतदान जारी

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागनु २३, काठमाण्डौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागी मतदान जारी छ । पहिलो मतदान सभापतिका प्रत्यासी शेर बहादुर देउवाले गर्नु भएको थियो ।
राजधानीको राष्ट्रिय सभा गृहमा जारी मतदानमा सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले पनि मतदान गर्नु भएको छ । मतदान गर्दै ३ नै जनाले आफनो जित सुनिश्चित भएको दाबी गर्नु भयो । बिहान ९ बजेबाट सुरु भएको मतदान अपरान्न ४ बजेसम्म जारी रहने निर्वाचन समितीले जनाएको छ । निर्वाचनका लागी ९ वटा मतपेटिका तोकिएको छ ।
सभापति, महामन्त्री, कोषाध्यक्षसहित खुल्ला र आरक्षित पदमा छुट्टाछुट्टै ९ रङको मतपत्र तोकिएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले बताउनुभयो । नयाँ नेतृत्व चयनका लागी ३ हजार १ सय ६१ महाधिवेसन प्रतिनीधिले मतदान गर्ने छन ।

मतदान सकिए लगत्तै सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा तुरुन्तै शुरु गरिएपनि अन्य पदको मतगणना भने सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

पहिलो चरणमा सभापतिको टुङ्गो लाग्न नसके भोली दोस्रो चरणको निर्वाचन हुनेछ । ६४ सदस्यीय केन्द्रीय समितिका लागी ३ सय १२ जना चुनावी प्रतिस्पर्धामा छन ।

    यसैविच नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले काँग्रेसको महाधिवेशनको निर्वाचन प्रक्रिया लोकतन्त्रको महान् अभ्यास भएको बताउनु भएको छ । राष्ट्रिय सभागृहमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले काँग्रेसले आफ्नो लोकतान्त्रिक सिद्धान्तलाई मतदानबाट व्यवहारमा चरितार्थ गरेको बताउनुभयो । निर्वाचनमा कस्तो अनुभव भइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले आपूmलाई ठूलो हौसला मिलेको र सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ